कतारका अमिरको स्वागतका लागि विशिष्ट अधिकारीहरु विमानस्थलमा

अबको केही बेरमा विशेष विमानबाट अवतरण गर्नुहुँदै

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपरान्ह काठमाण्डौ आइपुग्दै हुनुहुन्छ । अल थानी अबको केही बेरमै विशेष विमानबाट काठमाण्डौ अवतरण गर्नुहुनेछ ।

त्यसपछि उहाँले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरको नेतृत्वमा नेपाल भ्रमणमा आउने प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ ।

त्यसपछि उहाँहरूको उपस्थितिमा विभिन्न विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय गरिएको छ । कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लाग्नुभएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.