राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौँमा ( भिडियो )

राष्ट्रपति पौडेलद्वार विमानस्थलमा स्वागत

काठमाडौँ- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ । उहाँ केही बेर अघि आफ्नो विशेष विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्नु भएको हो । उहाँको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्प कमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधान तथा पराराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ लगायतका मन्त्री विशिष्ट अधिकारीहरु त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्ष पुग्नु भएको थियो । थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउनु भएको हो ।

थानीले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरको नेतृत्वमा नेपाल भ्रमणमा आउने प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ ।

त्यसपछि उहाँहरूको उपस्थितिमा विभिन्न विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय गरिएको छ । कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.