मलेशियाली जल सेनाका दुई हेलिकप्टर एक आपसमा आकाशमै जुद्धा १० जनाको मृत्यु

काठमाडौँ- मलेशियाली जल सेनाका दुई हेलिकप्टर एक आपसमा आकाशमै जुद्धा १० जनाको मृत्यु भएको छ । जमीनमा खस्नुअघी दुबै हेलिकप्टरले एक अर्काको पंखामा छोएपछि दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

९० औं सेना दिवसका अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमकालागि अभ्यास गर्ने क्रममा रहेका ती हेलिकप्टर स्थानीय समय अनुसार बिहान करिब १० बजे ठोक्किएका थिए ।

यसअघि मार्च महिनामा मलेशियाको समुद्री तट रक्षक सवार हेलिकप्टर समेत दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको थियो । सरकारी अधिकारीहरुले घटनाको छानबिन गर्नकालागि जाँचबुझ समिति बनाउने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.