विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जल्यो

गुल्मी- गुल्मीमा विद्युतको तारबाट खरबारीमा आगलागी हुँदा एउटा घर नलेर नष्ट भएको छ । जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर- ५ निवासी गिरिबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

विद्युतको तारबाट खरबारीमा आगोलागी हुँदै घरमा पुगेको थियो । आगोलागीबाट घरमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीले आगोलागी नियन्त्रणमा लिएका थिए । गर्मी र सुख्खा सिजन शुरु भएसँगै जिल्लाका दर्जन बढी स्थानका सामुदायिक वन जंगलमा आगोलागी भइरहेको छ ।

आगोलागीबाट करोडौंको क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा आगोलागीबाट झन्डै १०० को संख्यामा घर गोठ जलेर नष्ट भएका छन् ।

त्यत्तिकै संख्यामा पशुचौपाय जलेर नष्ट भएका छन् । वनजंगलमा आगोलागीले वन्यजन्तुको पनि ठूलो संख्यामा क्षति भएको अनुमान छ । त्यसको तथ्यांक भने छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.