पूर्बी नवलपरासीमा एक सय ५० बढी जँगलमा आगोलागी

पूर्वी नवलपुर- पूर्बी नवलपरासीमा सोमबारदेखि फैलिएको आगो अहिले जिल्लाका एक सय ५० बढि स्थानका जँगलमा लागेको छ । सोमबार दिउँसो देखि फैलिएको आगोलागी जिल्लाका आठै पालिकामा रहेको बन जँगलमा डढेलोका रुपमा फैलिएको छ ।

पूर्ब पश्चिम राजमार्गको दायाँबायाँ रहेको जँगलमा र कालीगण्डकी करिडोरको आसपास बुलिगँटार, बौदीकाली गाउँपालिकाको ८० बढि जँगलमा सोमबार साँझ देखि फैलिएको आगो अहिलेसम्म पनि दन्कीरहेको बुलिगँटार गाउापालिकाका वडा नँ ३ का पूर्ब वडाध्यक्ष यमबहादुर झेँडी मगरले बताउनुभयो ।

कालीगण्डकी करिडोरको ढोडँनी, भोक्रोफाँट, गडाम्दी, कोटथर, डाडाँझेरी बुलिगँटार हुदै बौँदीकालीका सबै जगँलमा आगो फैलिएको जिल्ला बन डिभिजनल कार्यालयका सूचना अधिकृत गञ्जन गहतराजले बताउनुभयो ।

पहाडी क्षेत्रमा फैलिएको आगोलागी बाट कुनै मानबीय क्षति भने नभएको र अहिले त्यस क्षेत्रमा प्रहरी समेत परिचालन गरि सम्भाबित घटनाबाट बचाउन आबश्यक कार्यहरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताउनुभयो ।

पहाडी क्षेत्रमा स्थानीयले समेत गस्ती गरि डढेलो गाउँबस्तीमा नपसोस भन्ने उद्देशयले काम गरिरहेका बुलिगँटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताउनुुभयो । गैंडाकोट नगरपालिकाको ५५ भन्दा बढि ठाउँका जँगलमा डढेलो लागेको रड नगरपालिकाले माइक मार्फत सूचना दिन थालेको नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।

त्यसैगरी मध्यविन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खा जंगलमा लागेको आगो बस्तीमा पस्दा १२ घरगाेठ जलेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारका अनुसार आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको छ ।

आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ बर्षीय गंगा प्रसाद घिमिरे घाइते भएका छन् । उहाँको दुवै हात जलेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.