कतारी अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भेटवार्ता

काठमाडाै- कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा आउनुभएका कतारका राजासंग होटल सोल्टीमा भेटवार्ता भएको हो । भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने प्रधानमन्त्री दाहालकाे सचीवालयले जनाएकाे छ ।
साे कार्यक्रमपछि प्रधानमन्त्री  दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आउनुभएकाे हाे ।

टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.