कर्णालीका मुख्यमन्त्री कंडेलले आज विश्वासको मत लिनु हुँदै

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले आज विश्वासको मत लिदै हुनुहुन्छ ।

मुख्यमन्त्री नियुक्त भएको दुई सातापछि दिउँसो तीन बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको हो । सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डा नमिलेका कारण विश्वासको मत लिन ढिलाइ भएको थियो ।

माओवादी एमाले भागवण्डा अनुसार माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिनेछ ।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कृषि मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय नेकपा एमालेको भागमा परेको छ । वुधबार सहमति जुटाउने क्रममा मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । ४० प्रदेशसभा सदस्यीय कर्णालीमा गठबन्धन दलसँग स्पष्ट बहुमत छ।

कर्णालीमा सरकारले बहुमत प्राप्त गर्न २१ सांसदको समर्थन आवश्यक पर्छ। गठबन्धनसँग माओवादीका १३, सभामुख बाहेक एमालेका ९ र एकीकृत समाजवादीका एक गरी २३ जना सांसदको समर्थन छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.