तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसान्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाही विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

पदमा बहाल रहँदा गैरकानूनी हानी पुर्‍याइ भ्रष्टाचार गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत सहित इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत सातजना माथि मुदा दायर गरिएको आयोगले जनाएको छ ।

खासगरी उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । चंखेली गाउँपालिकाको वडा नं.३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा ती सात जनाको मिलेमतोमा अनियमितता भएको अख्तियारको अनुसन्धानबाट देखिएको छ ।

पदिय दुरुपयोग गरी तथ्य बङ्ग्याएको, गतल नाप नक्सा र कामको लगत उठाएको र हुँदै नभएको कामलाइ पनि भइ सकेको भनेर सिफारिस गरेको आरोप लगाइएको छ ।

त्यती मात्र होइन गलत विवरण दिएर भुक्तानी लिने ठेकेदार कंपनीका संचालकलाइ पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगोसमेत असुल उपर गराउन माग दावी गरिएको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.