धनकुटामा सुमोगाडी दुर्घटना हुँदा आठ जना घाईते

धनकुटा- धनकुटा नगरपालिका–६, जिरो प्वाईन्टस्थित खोक्लेन टापु छेउमा सुमोगाडी दुर्घटना हुँदा आठ जना घाईते भएका छन् । संखुवासभाबाट ईटहरी जाँदै गरेका को १ ज २८२६ सुमोगाडी विहान करिब ११ बजे दुर्घटना भएको हो ।

घाईते हुँनेमा झापा विर्तामोड–७ वस्ने वर्ष २७ कि खड्क माया कार्की उनकी छोरी ९ वर्षिया दिक्षा कार्की, सोही ठाउँ वस्ने वर्ष ५ का राज काकी, संखुवासभा धर्मदेवी नगरपालिका–१ वस्ने वर्ष २३ कि सुनिता खड्का, सोही ठाउँ वस्ने वर्ष १८ की शुसिला खड्का, धर्मदेवी नगरपालिका–२ वस्ने वर्ष २२ कि सरिता खड्का, ईटहरी–४ वस्ने २१ वर्षीया गगन चाम्लागाई र सोही ठाउँ वस्ने वर्ष ९ का ईश्वर चाम्लागाई रहेका छन् जिल्ला प्रहरी कार्यालय धनुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो ।

घाईतेको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार भईरहेको छ । घाईतेमध्ये पाँच जनालाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपछि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईइको डीएसपी महजएनले जानकारी दिनुभयो ।

उक्त सुमोगाडी अनियन्त्रित भई सडकमा पल्टिएको थियो । गाडी चालक संखुवासभा धर्मदेवी नगरपालिका–५ वस्ने वर्ष २६ का निमा लाक्पा सेर्पालाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.