पूर्व मन्त्री रायमाझीसहित ७ जनालाई थुनामा नै राख्ने सर्बोच्चको आदेश

आङटावा शेर्पालाई ३० लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ।

यसैगरी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णयलाई पनि सर्बोच्चले सदर गरेको छ।

न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले अभियुक्त आङटावा शेर्पालाई  भने ३० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । यसैगरी, समशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ । अर्का अभियुक्त गोविन्द कुमार चौधरीलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको छ ।

सर्बोच्चले केशव प्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सानु भण्डारीलाई पनि थुनामा नै पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.