सुनसरीको दुहवीमा सडक दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी- कोशी राजमार्गको विराटनगर इटहरी सडक खण्डको दुहवीमा गएराती भएको सड्क दुर्घटनामा एक जना मजदुरको मृत्यु भएको छ ।

ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ख ९२६९ न. को ट्रकले पैदलयात्रीलाइ ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट घाइते भएका अन्दाजी २२ वर्षिय सिकेन्दर राम चमारको उपचारकालागी विराटनगरस्थित कोशी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानिय हुलास वाइर उधोगमा कार्यरत मृतक युवकको वारा जिल्ला गढिमाइ नगरपालिका वडा नम्बर ५ को रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.