पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न

काठमाडौँ- नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशन अन्तर्गत  नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको अधिवेशन एवम् साधरण सभा  सम्पन्न भएको छ ।

नेपाल टेलिभिजन सिंहदरवारमा आज भएको उद्घाटन सत्रलाई संवोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नेपाल टेलिभिजन र रेडियो नेपाल गाभेर सार्वजनिक सेवा प्रसारण  (पीएसबी) मा रुपान्तरण गर्दा दुबै संस्थाका कर्मचारी र पत्रकारको हितमा हुनुपर्ने बताउनु भयो ।

सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयक हाल सदनमा पुगेको भएपनि विधेयकमा अझै पनि परिवर्तन सकिने भन्दै अध्यक्ष पोख्रेलले यी दुई संस्थालाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्दा पूर्ण प्रेस स्वतन्त्राको मर्म र कर्मचारीको वृर्ति विकासमा असर पार्ने खालका विषयहरुले ठाँउ नपाउन भन्ने तर्फ महासंघ उत्तिकै चनाखो रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिभजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले टेलिभजनमा काम गर्दा आग्रह र पुर्वाग्रह नगरी संस्थागत हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले पछिल्लो समय नयाँ मिडियाले थपेको चुनौति समाना गर्दै सार्वजनिक हित प्रवद्धनका लागि अझ सशक्त रुपमा नेपाल टेलिभिजनले भूमिका खेल्नुपर्ने धारणा राख्नु भयो ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दिपकजंग हमालले नेपाल टेलिभिजनमा कार्यरत पत्रकारहरुको हकहित सुरक्षाका साथै लामो समयदेखि अवरुद्ध आम कर्मचारीको वृत्ति विकासमा उचित ध्यान दिन व्यवस्थापनसंग आग्रह गर्नुभयो ।

कार्यक्रममा  नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपाल दाहाल, फोनिजका अध्यक्ष गजुरधन राइ, युनिमीका अध्यक्ष गोविन्द धिताल, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोज बहादुर विक,नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ लेखा समिति सदस्य मुकुन्द भण्डारी, प्रेस चौतारी नेपाल नेपाल टेलिभिजन शाखाका अध्यक्ष रामबाबु अधिकारी, प्रेस सेन्टर नेपाल टेलिभिजन शाखाका संयोजक चुडामणि नेपाल, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतका वक्ताले प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिताको अभ्यासमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.