सहकारी प्रकरणमा धरौटीमा छुटेका पुन सुन प्रकरणमा पुन: पक्राउ

काठमाडौँ- सहकारी प्रकरणमा पक्राउ परी  थुनामा रहनु भएका दीपेश पुन  धरौटीमा रिहा भएलगत्तै पुन: पक्राउ पर्नु भएको छ ।

आज दिउसो रुपन्देही जिल्ला अदालतमा धरौटी रकम बुझाएर तारिखमा रिहा हुनुभएको पुनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईब) टोलीले रिहा भएलगत्यै नियन्त्रणमा लिएको हो ।

सुन प्रकरणमा समेत उहाँमाथि अनुसन्धान चलिरहेकाले सिआईबीले नियन्त्रणमा लिएको रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल टेलिभिजनलाई जानकारी दिनुभयो ।

पुनलाई वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिएपनि धरौटी रकम जम्मा नगरेकाले कारागारमै रहदै आउनु भएको थियो । धरौटी रकम बुझाई आज रिहा भएपनि सुन प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै सिआइबीले  तत्कालै पक्राउ गरेको हो ।

पुन रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पर्नु भएको थियो । पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुनुहुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.