हुम्लाको चंखेलीमा ६ सय जनालाई नि:शुल्क स्वास्थ्य सेवा

हुम्ला – चंखेली गाउँपालिकाले वैशाख १० गतेदेखि १४ गतेसम्म ६ सय जनालाई नि:शुल्क स्वास्थ्य सेवा दिएको छ।

गाउँपालिकाले “भेटौंला चंखेली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चंखेली वासीका दुःख मेटौंला” भन्ने मूल नारासहित प्रत्येक महिनाको एक दिन विशेषज्ञ डाक्टरबाट आफ्नो मातहतमा रहेका प्रत्येक स्वास्थ्यचौकीबाट नागरीकको निःशुल्क सेवा दिएकाे हाे। स्वास्थ्य उपचार मानवजीवनका लागि एक अपरिहार्य अति आवश्यक पर्ने भएकाले गाउँपालिकाको निर्णय अनुसार अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधि शिविर हुँदा गाउँघरमा पुगेर नागरीकको सहजै दुःख बुझ्न सक्ने भएकाले यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।

पालिका मातहतमा रहेका स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टरमार्फत नागरिकलाई सेवा दिने हेतुले मिमि स्वास्थ्यचौकी, दार्मा स्वास्थ्यचौकी, मेल्छाम स्वास्थ्यचौकी र पिप्लाङ स्वास्थ्यचौकीबाट सेवा दिएको गाउँपालिका स्वास्थ्य संयोजक सुरविर शाहीले जानकारी दिनुभयाे। जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट निःशुलक सेवा दिनका लागि डाक्टर सुनिल पुजारासहितको टोली स्वास्थ्य शिविरमा पुगेर सेवा दिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक शाहीले बताउनुभयो ।

स्वास्थ्य शिविरमा डाक्टर पुजारा, सिनियर अनमी सरिता बोहरा, ल्याप टेक्निसियन रविन्द्र देवकोटा, हेअ प्रेम भण्डारीलगायतका स्वास्थ्यकर्मीले सेवा दिएको प्रमुख शाहीले बताउनुभयो । यस्तै विभिन्न स्वास्थ्य संस्थाबाट जनरल ओपिडी, गर्भवती महिलाको चेक जाँच, पाठ्यघर मुखको क्यान्सर चेक, महिलाहरुमा आङ खसेको उपचार सेवा प्रदान गरिएको छ ।

यस्तै टि बि श‌ंकास्पद विरामीको खकार जाँच, गर्भवती महिलाको अल्ट्रासाउण्डबाट गर्भ जाँच, नाक, कान र घाँटी सम्बन्धि रोगको उपचार गरिएको शाहीकाे भनाई छ। मिमि, मेल्छाम, दार्मा र पिप्लाङ स्वास्थ्यचौकीबाट पुरुष एक सय तीन र महिला चार सय ९९ विभिन्न रोगका विरामीले सेवा लिएको उहाँले बताउनुभयो । सेवा लिने सेवाग्राहीमा पुरुष भन्दा महिलाको संख्या बढी देखिएको छ ।

स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका विभिन्न रोगका ४९ जनालाई थप उपचारका लागि सदरमुकामको जिल्ला अस्पतालसहित जिल्ला बाहिर रिफर गरिएको छ । रिफर हुने पुरुष चार जना छन् भने महिला ४५ जना छन् । चेकजाँच गरेर रिफर गरिएका अधिकांस महिला विरामीमा पाठेघरको मुखमा क्यान्सरको आशंका गरेर जिल्ला बाहिर रिफर गरिएको हो ।

गाउँघरका महिलाले बच्चा धेरै जन्माउनुका साथै सरसफाइमा ध्यान नदिँदा अधिकांस महिलामा पाठेघरको क्यान्सर देखिन थालेको संयोजक शाहीले बताउनुभयो । जसमा मिमि स्वास्थ्यचौकीबाट एक सय ९० जनाले सेवा लिएका छन् । जसमा महिला एक सय ६४ पुरुष २६ जना रहेका छन् ।

यसैगरी मेल्छाम स्वास्थ्यचौकीबाट एक सय ७७ जनाले सेवाग्राहीलाई सेवा दिइएको छ । जसमा पुरुष ३५ जना र महिला एक सय ४२ जना विरामीलाई सेवा दिइएको उहाँले बताउनुभयो । यस्तै दार्मा स्वास्थ्यचौकीबाट एक सय अठार जनाले सेवा लिएका छन् । पुरुष २७ र महिला ९१ जनाले सेवा लिएका हुन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.