इस्माका अग्नी पीडितलाई मानबहादुर एण्ड मायादेवी फाउण्डेशनको खाद्यान्न सहयोग

गुल्मी- गुल्मी जिल्लाको इस्माका अग्नी पीडितलाई मानबहादुर एण्ड मायादेवी फाउण्डेशन काठमाडौंको तर्फबाट खाद्यान्न सामाग्री सहयोग भएको छ । गएको वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षती भएको थियो ।
फाउण्डेशनबाट दैनिक उपभोग्य सामाग्री चामल, दाल, नुन तेल लगायतका सामाग्री इस्मा अग्नी पीडितहरु ३६ जनालाई प्रदान गरिएको हो । फाउण्डेशनका सञ्चालक मानबहादुर श्रेष्ठले अग्नी प्रभावित क्षेत्रमा सिदुङखा र कोटकोटेरीमा पुगेर नागरिकलाई प्रदान गर्नुभएकाे हाे ।

प्राकृतिक विपत्तिले निम्त्याएको ठूलो विपत्तिमा सानो सहयोग होस भनेर खाद्यान्न सहयोग गरेको सञ्चालक मानबहादुर श्रेष्ठले बताउनुभयाे । गुल्मी जिल्ला सदरमुकाम तम्घास निवासी मानबहादुर श्रेष्ठले आफु र श्रीमतीको नामबाट फाउण्डेशन खोलेर विभिन्न विपत्ति तथा अन्य क्षेत्रमा सहयोग गर्दै आउनुभएकाे छ ।
फउन्डेशनको तर्फबाट जिल्लामा विभिन्न समयमा बृहत निःशुल्क स्वास्थ्य शिबिर समेत आयोजना गर्दै आएको छन् । त्यस्तै प्राकृतिक विपत्ति, आगोलागी तथा बाढी पहिरोले प्रभावित भएका नागरिकहरुलाई पनि सहयोग गर्दै आएका छन् ।
श्रेष्ठको फाउन्डेशनबाट अग्नी पीडितलाई आवश्यकताको आधारमा खाद्यान्न सहयोग गरिएको मानबहादुर एण्ड मायादेवी फाउण्डेशनका सहयोगी जनक पन्थले बताउनुभयाे । गाउँपालिकाको वडानम्बर–२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा आगोलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् ।
त्यस्तै ४९ वटा गोठ जलेर नष्ट भएका छन् । आगोलागीमा एउटा ट्याक्टरमा आगोलागी हुँदा २ जन घाइते भएका छन् । ५६ वटा पशुचौपाय जलेर नष्ट भएका छन् ।
गाउँपालिका अध्यक्ष खड्काले गाउँपालिकाले आगलागी हुनको दिन आगो नियन्त्रण र अर्को दिनबाट तिव्र राहातको काम गरेको बताउनुभयाे । तत्काल खानेपानी व्यवस्था, जीवनजल पानीको व्यवस्था, बास बस्नको लागि व्यवस्था, खानाको व्यवस्था, पशुचौपायलाई घाँसको व्यवस्थाा, खानेपानीका लागि पाइपको काम, विद्युतको काम र विद्यार्थीको ड्रेस लगायत अन्यका कपडा सिलाउन आगलागी क्षेत्रमा टेलरिङ मेसिन पुराएको बताउनुभयाे ।
घर निर्माणका लागि पालिकाबाट तत्काल प्रतिघर एक लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । अहिले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र अन्य सहयोगी स्वयंसेवक बनेर घर पुनःनिर्माणका लागि भग्नावशेष संरचनाहरु हटाउने कार्य भइरहेको छ । पालिका भित्र आगोलागीबाट १९९ जना नागरिक प्रभावित भएका छन् ।
घर जल्दा खुल्ला आकाश मुनी बस्न बाध्य नागरिम अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् । बस्तीमा आगलागी हुँदा इस्माका मात्रै ठूलो क्षति पुगेको छ ।
अग्नी पिडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढ्दै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नी पिडितहरुका लागि सामाग्री पुर्याउने काम गरेका छन् ।
इस्मासँगै मदाने गाउँपालिकाको घडेरी पनि आगलागी बस्दीमा पुग्दा घरहरु जलेका थिए । मुसिकोट, धुर्कोट र मालिकाको क्षेत्रमा पनि आगलागीले क्षति पुराएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.