इलाममा मतगणना स्थलमा मतपेटिका संकलनको कार्य सुरु

काठमाडौँ- इलाम क्षेत्र न २ मा आज भएको मतदानको मतपेटिका मतगणना स्थलमा संकलनको काम सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार आज भएको मतदानमा ६० प्रतिशत मतदाताले सहभागिता जनाएका छन् ।

झापासँग सीमाना जोडिएका क्षेत्रहरुबाट मतपेटिका संकलन गर्न केही समय लाग्ने भएका कारण ती  क्षेत्रबाट मतपेटिका संकलन गर्न केही समय लाग्ने भएकाले राति ११ बजे पछिमात्र मतगणना सुरु हुन सक्ने बताइएको छ ।

अहिले मतदान केन्द्रबाट मतगणना स्थल गौतमबुद्ध सभा गृह मतपेटिका संकलनको कार्य जारी छ । मतगणना स्थलमा ११ वटा सिसि क्यामरा जडान गरिएको छ । बजारमा रहेको डिसपेले मार्फत मतगणना अपडेट गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.