इलाममा ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान: निर्वाचन आयोग

काठमाडौँ- इलाम र बझाङमा आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेकाले  हालसम्मको विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २  मा करीब ५८ प्रतिशत र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं। १  मा करीब  ५० प्रतिशत मतदान भएको छ ।

यस उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं। १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा ५९ दशमलव ७८ प्रतिशत तथा बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल इलाम नगरपालिका वार्ड नं ७ स्थित गौतम बुद्ध सभागृहमा राती ११ बजेभित्र र  बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले भोली बिहान १० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको  आयोगले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.