नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई एक अर्ब रुपैयाँ सहयोग

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले १६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

अस्पतालको स्त्तोरन्नतीका लागि दक्षिण कोरियाली सरकारले ९.५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायोग प्रदान गरेको छ । यो सहायताले अस्पताल २ सय शैयामा रुपान्त्रण हुदैछ भने नगरवासीलाई उपचारमा सहजता थपिएको छ ।

नगरबासीको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन र चिकित्सा सेवाको क्षमता अभिवृद्धि गर्न नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई सहज भएको छ ।

दक्षिण कोरिया सरकारद्धारा अस्पतालको स्तरवृद्धिका एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायग प्राप्त भएको छ । अस्पतालको १६ औं वार्षिकउत्सवका अवसरमा उक्त रकम सहयोग प्राप्त भएको जानकारी दिंदै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले अब नगरवासीको निशुल्क स्वास्थ्य विमा गरिने बताउनु भयो ।

गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र चिकित्सा पूर्वाधार तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नमा समेत सहयोग पुग्ने उहाँको विश्वास छ ।

प्रभावकारी सेवा प्रवाहका लागि अस्पतालले उदाहरणीय कार्य गरिरहेको अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशनले बताउनु भयो । अस्पताल सर्वसाधारणका लागि निक्कै उपयोगी भएको विरामीको भनाइ छ ।

वार्षिकोत्सवका अवसरमा अस्पताल प्रशासनले विरामीलाई फलफुल वितरण पनि गरेको छ । अस्पतालले सो अवसरमा १० मिनेट सेवा प्रदान भन्ने नयाँ कार्यक्रम पनि संचालनमा ल्याएको छ ।

यो अवधिसम्म आइपुग्दा अस्पतालले एक लाख ९२ हजार चार सय १६ जनालाई ओपिडी सेवा दिएको छ भने एक हजार ९ सय २० जनाको सफल अप्रेशन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.