ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका-२ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दोभान कचल सडक खण्डमा शनिवार भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जग बहादुर बलालको मृत्यु भएको हो ।

मोटरसाईकलमा केरा लिएर बिक्रिको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक ४५ वर्षीय बलालको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.