इलाममा एमाले उम्मेदवार सुहाङले बढाए मतान्तर

काठमाडौँ- इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार अग्रता लिइरहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् ।

हालसम्म फाकफोक थुमका  १, २, ३, ४, ५ ,६ र ७ वडाको गणना सकिदा नेम्वाङले ४ हजार ४ सय १३ मत प्राप्त गरेका छन् भने काँग्रेसका उम्मेदवार डम्वर बहादुर खड्काले ३ हजार २ सय ५८ मत पाएका छन् । १२ सय बढीको मतान्तरले नेम्वाङ लिम्वु भन्दा अघि लागेका छन् ।

त्यसै गरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्वुले ९ सय ६३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्वुले ६ सय ४५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.