गुल्मीको भनभनेमा आगोलागीबाट तीनवटा घर गोठ जले

गुल्मी- गुल्मीको मदाने गाउँपालिका- ७ भनभनेमा आगलागीबाट तीनवटा घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय व्यक्तिको खरबारीमा लागेको आगो वस्तीतर्फ फैलिएर तीन वटा घर–गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भनभनेको दिपक माद्यामिक विद्यालय नजिकैको वनबाट फैलिएको आगो बस्तीमा फैलिएपछी स्थानीय यम बहादुर घर्तीको ढुङ्गाले छाएको दुईतले घर जलेर पुर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

त्यस्तै आगलागीबाट सोही वडाका सोम बहादुर घर्तीको ढुङ्गाले छाएको २ तले कच्ची घर, बङ्गालो र कुटानी कुटानी पिसानी गर्ने एउटा मिल समेत जलेर पुर्णरुपमा क्षति भएको छ ।

आगलागीका कारण घरविहिन भएका नागरिकलाई गाउँमै सुरक्षीत स्थानमा राखिएको छ । आगलागीबाट दिपक माध्यामिक विद्यालयको दुईवटा शौचालय जलेर नष्ट भएका छन् । स्थानीयका परालको टौवा, दाउरा राख्ने कटकुरो, आरा मेसिन पुर्णरुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.