रिडी-तम्घास सडक आजदेखि एक महिनासम्म बन्द हुने

गुल्मी- आजदेखि रिडी-तम्घास सडक एक महिनासम्म बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि वलेटक्सारसम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ ।

त्यसअन्तर्गत सडकको केही ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न भन्दै वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो ।

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०७९ साल फागुन २८ गते सम्झौत भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

एक अरब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ । सडक बन्द भएसँगै बैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडीबाट सडकको स्तरोन्नती गर्ने कार्य हुँदै आएको छ । सडकको ७.७५ चौडाई कालोपत्रे गरिने भएको छ । अहिले भएको सडक निकै सानो र कालोपत्रे पनि भत्किंदै गएको थियो ।

सडक चौडा पार्न गत चैत महिनामा पनि करिब एक महिनासम्म बन्द गरिएको थियो । यो सडक गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सड्क हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.