इलाम-२ मा एमाले उम्मेदवारको अग्रता कायमै, बझाङमा कांग्रेस अगाडी

काठमाडौं- इलाम- २ को जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई २ हजार ६४३ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राख्नु भएको छ । नेम्वाङले अहिले सम्ममा ८ हजार ४८७ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ८४४ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ४ हजार २६२ मत र रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले एक हजार २६९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी बझाङमा भएको उपनिर्वाचनको हालसम्मको मत परिणामः
नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह: ८,२२७
नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी: ७,९७४
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढा: २,९९३
नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह: २,१६२
अब तल्कोट गाउपालिका र साइपाल गाउपालिका मतगणना हुन बाँकी ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.