बझाङमा फेरि एमालेका भण्डारीको अग्रता

बझाङ- बझाङ क्षेत्र नं. मा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्राप्त परिणामअनुसार कांग्रेस उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमालेका दमन भण्डारीले अग्रता लिनुभएको छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा कंग्रेसका उम्मेदवार सिंहले ९ हजार ८८० मत ल्याउनुभएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ५ सय २६ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार चार सय ७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.