इलाम उपनिर्वाचन अपडेटः सुहाङको अग्रता कायमै

इलाम- प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

हालसम्म प्राप्त मतपरिणामअनुसार कूल ३५ हजार ६ सय ११ मतगणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १४ हजार ६ सय १३ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नौ हजार तीन सय ११ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ५ सय ७० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले दुई हजार ५७ मत प्राप्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राईले दुई सय ९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले ९३ मत प्राप्त गर्नुभएको छ ।

कूल छ वटा पालिका रहेको यस निर्वाचन क्षेत्रमा अहिले देउमाई नगरपालिका–१, २ र ३ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको गणना गर्न बाँकी छ । कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.