इलाम उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायमै

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले अग्रता लिनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १८ हजार १ सय ९६ मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ३ सय ३९ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ३३६ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार ६७ मतसहित चौथो स्थानमा हुनुहुन्छ । मतगणनामा लगातर अग्रता लिएको एमालेपछि का्ग्रेस छ भने उसलाई स्वतन्त्र उम्मेदवारले पछ्याइरहेको छ ।

छवटा पालिका रहेको सो क्षेत्रको अहिले देउमाई नगरपालिकाको मतगणना भइरहेको छ । इलाम नगरपालिकाको गणना गर्न बाँकी छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.