सुदूरपश्चिममा सरकार विस्तार,नाउपाकी टीका थापा कृषि मन्त्री

कैलाली- सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभयो ।

थापाले आज नै पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो । थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराउनुभयो । आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो । यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो। तर उहाँले  विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गर्नुभएको थियो ।

नाउपाबाट यसअघि कैलाश चौधरी भौतिक मन्त्रीको शपथ खाइसक्नुभएको छ । एकीकृत समाजवादी सहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.