एउटा जात र व्यक्तिको पहिचानले सबै समेटिँदैन: ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष ओलीले कुनै एउटा जात र व्यक्तिको पहिचानले सवैलाई नसमेटने बताउनु भएको छ ।

इलाममा आज भएको विजयी सभालाई संवोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले पहिलो पहिचान नेपाली भएको बताउनुभयो ।

“ हाम्रो पहिलो पहिचान नेपाली हो । धनी भए धनी नेपाली, गरिब भए गरिब नेपाली, व्यक्तिगत पहिचानले कोही सफल हुँदैन” उहाँले भन्नुभयो “पहिला पनि मेची, कोशी अञ्चल हुँदा त्यसरी नै त बाँडिएको थियो । यो ठुलो कुरा होइन, साझा नाम राख्दा केही बिग्रँदैन । एउटा जात र व्यक्तिको पहिचानले सबै समेटिँदैन । बहुजाती बहुभाषिक नेपाली हौँ, एकअर्काको भाषा, संस्कृति, जातिलाई सम्मान गरौँ, त्यो हो हाम्रो पहिचान हो ।”

अध्यक्ष ओलीले चुनावअघि इलामको विकासको जिम्मा लिने प्रतिबद्धता जनाएको आफूलाई स्मरण रहेको र त्यो पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

निर्वाचनताका सुहाङलाई विपक्षी नेताहरूले ‘राजाको छोरो’ भनेर टिप्पणी प्रति ओलीले ‘बाघको छोरो बाघ नभएर स्यालको छोरो बाघ हुन्छ त ? भनि प्रश्न गर्नु भयो ।

ओलीले भन्नुभयो, “सुवासको अभावमा देशलाई परेको चोट निको पार्न, परिवारमा परेको चोट, इलामका मतदाता, जनताका परेको चोटमा मल्हम पट्टी लगाउन सुहाङलाई उम्मेदवार बनाएको र  ह इलामेली जनताले त्यसलाई अनुमोदन गरेको भन्दै धन्यवाद समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.