भोटे कुकुर विक्रीबाट वार्षिक विस लाखसम्म आम्दानी !

धादिङ- नेपाली स्थानीय जातको कुकुर विक्रिबाट वार्षिक विस लाखसम्म आम्दानी भन्दा जो कोहीलाई पनि आचम्म लाग्न सक्छ, तर धादिङका एक युवाले स्थानीय जातको कुकुर विक्रिबाट वार्षिक विस लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

नीलकण्ठ नगरपालीका स्थित वडा नम्वर ८ निवासी राम तामाङ्गले उच्च पहाडी र हिमाली भागमा पाईने भोट प्रजातीको कुकुर विक्रिबाट त्यतिक धेरै आम्दानी गर्दै आएका छन् । तामाङ्ले भोटे कुकुरको फार्म नै संञ्चालन गरेका छन् ।

बार्षिक सत्तरी ओटासम्म कुकुरका  छाउरा विक्रि गर्ने गरेको उनको भनाई छ ।

प्रति कुकुरको छाउराको २५ हजारदेखी एक लाख विस हजारसम्म बिक्र गर्ने गरेको भनाई छ । कुकुर पाल्ने सोखलाई ति युवाले आफ्नो ब्यवसाय नै बनाएका हुन् ।

तामाङले तिन वर्ष अघिदेखी भोटे कुकुर पाल्ने को फार्म खोलेर बसेका हुन् ।

विषेस त नेपालमा पाई सबै भन्दा राम्रो प्रजातीको भेटे कुकुर लोपउन्मुख अवस्थामा रहेको भन्दै त्यसको जोगेर्नाका लागी पनी आफुले कुकुर पाल्न सुरु गरेको तामाङले बताए ।

अहिले भाले र पोथी गरी  तिस ओटा कुकुरहरु राखेर उत्पादन सुरु गरेको छ ।

उनले नेत्रावती डब्जङ्ग गाउँपालीकाको वडा नम्वर ५ मा पर्ने रिप गाउँ नजिकैको जंगलसंगै कुकुरको फर्म खोलेका छन् ।

विषेस गरी चिसो हावा पानीमा मात्रै बस्न रुचाउने भोटे कुकुरको माग अनुसारको उत्पादन दिन नसकेको पनी तामाङ्ग बताउनु हुन्छ ।

नेपालमा लोप हुने अवस्थामा पुगि सकेको बताउदै यो विषेस प्रकारको कुकुर भएकोले यसको माग नेपालमा मात्रै नभई भारत, चिन कोरिया,जपानलगाए अन्य मुलुकमा रहेको पनी तामाङ्गको भनाई छ ।

यो जातको कुकुरलाई अन्य विकासे प्रजातीको कुकुरलाई जस्तो रोग ब्यधी पनि नलाग्ने र पाल्न निकै सहज हुनेछ ।

भोटे जातको यो कुकुर सामान्य घरको सुरक्षाका लागी र गाई बस्तु  हेर्नाका लागी गोठालोको रुपमा प्रयोग गर्न कुनै किसिमको तालिम दिन  नपर्ने भएकोले पनि यो कुकुरको माग धेरै भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.