काभ्रे आगलागी : दुइ करोड ३० लाख क्षतीकाे अनुमान

काभ्रे- काभ्रेको रोशी गाउँपाकिला वडा नं. ४ महादेवटारमा आगलागीबाट ११ जनाको १५ घर जलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार रोशी ४ महादेवटार सानोकोटा गाँउमा रहेको १५ वटा घरहरु जलि नष्ट भएको र करीब २ करोड ३० लाखको क्षेती भएको उनले जानकारी दिनुभयाे ।
रोशी गाँउपालिका वडा नम्बर ४ सानो पोटाका ४२ वर्षीय प्रेम तामाङको ढुङगा माटो र काठले बनेको जस्ताले छाएको ४ कोठाको १ तले घर, काठले बनेको २ वडा गोठ, चाँदीको पैसा २ पाथी,नगत ७ लाख, सुन ३ तोला,लत्ताकपडा,भाँडा गरि करीब ४० लाख बराबरको क्षती भएको छ ।
यस्तै जनक तामाङको ढुङगामाटोले बनेको जस्ताले छाएको २ तले घर ,गोठ र ट्वाइलेट भाँडा वर्तन ,अन्नपानी र लत्ताकपडा गरि २८ लाख बराबरको क्षती भएको छ ।
त्यसैगरी रामबहादुर तामाङको जस्ताले छाएको २ तले घर ,गोठ र ट्वाइलेट भाँडा वर्तन ,अन्नपानी र लत्ताकपडा पुरानो पैसा नगद ५५ हजार गरी करीब ३९ लाख बराबरको क्षती भएको छ ।
सत्यलाल तामाङको २ वटा घर तथा गोठ गरी २७ लाख पचास हजार बराबर क्षेती भएको छ । यस्तै तिर्थलाल तामाङका दुइतले घर, गोठ अन्नपात गरी जम्मा १७ लाख बराबरको क्षती भएको छ ।
धनकाजि तामाङको भुकम्प राहात घर २ तले पुरानो घर २ वटा गोठ र ट्वालेट हजारभाँडा वर्तन,अन्नपात,लत्ताकपडा गरी जम्मा .१६लाख ८०हजार बराबरको क्षती भएको छ । पदम बहादुर तामाङको दुइ तले कच्ची घर, अन्नपात,लत्ताकपडा र सरसामानहरु गरी जम्मा १३ लाखको क्षती भएको छ ।
यस्तै प्रशान्त थिङ तामाङको २ तले पक्की घर किराना पसल र खाद्यन्न समानहरू नगत २ लाख गरी करीब २४ लाखको क्षती भएको छ ।
यु्तै माया तामाङ, पल ब.तामाङ ,साईली माया तामाङको घर तथा गाेठ तथा भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु जलेर नष्ट काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।।

११ जनाको गरी १५ वटा घर जलेर नष्ट भएको र प्रहरीले सबै अनुसन्धान गर्दा करीब २ करोड ३० लाख जतिको क्षती भएको अनुमान गरिएको उहाँले जानकारी दिनुभयाे । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आईसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.