धनकुटामा चालीस वर्षीया महिलाको हत्या

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवाकी ४० वर्षीया सरिता श्रेष्ठको घाँटीमा सल बाँधेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

बिहिबार दिउँसो खाजा खान बसेका बेला विवाद हुँदा घाँटीमा सलले बाँधेर धनकुटा नगरपालिका-१० धर्मशालाका ३५ वर्षिय दिलबहादुर विशंखेले हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटा डिएसपी राजबाबु महर्जनले बताउनु भयो ।

मृतक श्रेष्ठका श्रीमान काठमाण्डौ बस्दै आएको हुँदा विशंखे र श्रेष्ठ केही समयदेखि सम्पर्कमा रहेको र विवाद हुँदा घाँटीमा तीन फन्का सलले बाधेर हत्या गरेको विशंखेले प्रहरीमा बयान दिएको डिएसपी महर्जनले बताउनुभयो ।

स्थानीयले घटनाको जानकारी पाउनासाथ प्रहरीलाई खबर गरेको प्रहरीले घटनास्थलबाटै विशंखेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी महर्जनले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.