वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः अध्यक्ष ओली

पश्चिम नवलपरासी- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउने प्रयत्न भईरहेको बताउनुभएको छ । आज नेकपा एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनलाई सुनवलमा उद्घाटन गर्दे अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सुरु भईसकेको बताउनुभएको हो ।
देशि विदेशि शक्तिहरु गठबन्धन भत्काउन लागिपरेको बताउँदै उहाँले एमाले यहि गठबन्धन टिकाउने पक्षमा रहेको उल्लेख गर्नुभयो । प्रतिक्रियावादी शक्तिले अहिलेको गठबन्धन भत्काए भने आगामी निर्वाचनबाट एमाले निर्णायक शक्तिको रुपमा उदाउने बताउँदै त्यसपछि गठबन्धनको आवश्यकतानै नपर्ने दाबि पनि गर्नुभयो ।
अध्यक्ष ओलीले मुलुकका आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपबाट देशलाई मुक्त गर्न राष्ट्रिय शक्ति निर्णायक रुपमा विकास गर्नुपर्ने सबैभन्दा टड्कारो आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रिय स्वाधिनताको सवालमा एमालेले कसैसंग सम्झौता नगर्ने बताउदै अध्यक्ष ओलीले बाह्य शक्तिबाट सहायता लिने तर आश्रित हुन नहुने धारणा व्यक्त गर्नुभयो ।
ओलीले भारतिय अतिक्रमणको चपेटामा पर्दे आएको पश्चिम नवलपरासीको सुस्तासहित पर्यटकीय तथा धार्मिकस्थल त्रिवेणी धाम र रामग्राम स्तुपको आजै अवलोकन गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्