कोशी प्रदेश मन्त्रिपरिषद् बैठकः दोस्रो आवधिक योजना अवधारणापत्र स्वीकृत

मोरङ- कोशी प्रदेश मन्त्रिपरिषद्को वैठकले प्रदेशको दोस्रो आवधिक योजना अवधारणपत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको वैठकले मुख्यमन्त्री कार्यालयबाट प्रस्तावित उक्त प्रस्ताव स्वीकृत गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिनुभयो ।

यसैगरी, बैठकले इलाम, ताप्लेजुङ, सोलुखुम्बु, तेह्रथुम, खोटाङ र भोजपुर जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै, प्रहरी चौकी भवनको मर्मतसम्भार गर्ने निर्णय स्वीकृत गरिएको छभने भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फोहोरमैला रणनीति साझेदारी कार्यविधि २०८० स्वीकृत भएको छ ।

उदयपुर जिल्लाको कटारी अस्पताललाई ५० शय्याको प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गर्ने प्रस्तावलाई स्वीकृत गरिएका छभने पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट आर्थिक वर्ष २०७९-८० मा भुक्तानी छुट भएका तीनवटा योजनाको रकम भुक्तानी दिने निर्णय गरेको प्रवक्ता मन्त्री राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.