बागमतीमा संसदीय समिति सभापति चयन जेठ ४ सम्ममा टुङगाउने सहमति

मकवानपुर- आगामी जेठ ४ सम्ममा बागमती प्रदेश सभाको संसदीय समिति सभापति चयन टुङगाउने सहमति भएको छ ।

शुक्रबार सभामुख भुवनकुमार पाठकको आह्वानमा बसेको सर्वदलिय बैठकले सकेसम्म सहमतीमा नभए जेठ ४ गते निर्वाचन मार्फत समिति सभापति चयन गर्ने सहमति बनेको हो ।

बैठकले सभापति चयनका लागि दलका प्रमुख सचेतकहरू सदस्य रहेको कार्यदललाई नै सहमति जुटाउन अनुमति दिने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो ।

जेठको पहिलो हप्ता सम्ममा सर्वसम्मत रुपमा समिति सभापती चयन गर्ने मुख्यमन्त्री जम्कट्टेलको दाबी छ । यता, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दुईवटा समितिको सभापति पाउनुपर्ने अडान राखेको छ ।

संसदीय दलका नेता बहादुर सिह लामाले संसदको सबैभन्दा ठूलो दलको हैसियतले काँग्रेसले दुईवटा समितिको सभापति पाउनुपर्ने आफुहरुको बटमलाइन रहेको बताउनुभयो ।

दुई वटा समितिको नेतृत्व पाए मात्र सहमती हुन सक्ने नभए निर्वाचन प्रक्रियामा अघि बढ्ने उहाँको भनाई छ । आउँदो जेठ ३ गतेसम्म सर्वसम्मतिमा समिति सभापति चयनको प्रयास गर्ने नभए जेठ ४ गते निर्वाचन प्रणालीबाट टुंग्याउने सहमति भएको उहाँले बताउनुभयो ।

बागमती प्रदेश सभामा प्रदेश मामिला, अर्थ तथा विकास, सार्वजनिक लेखा, शिक्षा, स्वास्थ्य तथा कृषि र उद्योग, पर्यटन तथा वातावरण समिति गरि ५ वटा समिति छन् । प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन दलहरु सहमत भएका छन् ।

जेठ १ गते सरकारका प्राथमिकता र सिद्धान्त माथि छलफल गर्ने, १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ते र असार १ गते बजेट ल्याउने सहमति जुटेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाउने विषयमा पनि दलहरू सहमत भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.