अब छापिने एक सय रुपैँयाको नोटमा नेपालको नयाँ चुच्चे नक्साको फोटो राखिने

काठमाडौं- सरकारले अब छापिने एक सय रुपैँयाको नोटको अग्र भागमा नेपालको नयाँ नक्सा राख्न स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको सिफारिसमा नोटको डिजाइन परिवर्तन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

हाल चलन चल्तिमा रहेको एक सय रुपैया दरको नोटको अग्रभागमा रहेको नेपालको पुरानो नक्साको ठाँउमा नयाँ चुच्चे नक्सा राखी डिजाइन परिमार्जन गर्न स्विकृति प्रदान गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले ८ जना सचिव र २८ जना सहसचिवहरुको सरुवा गरेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद बैठकले राष्ट्रिय सूचना प्रविधि विकास समिति गठन आदेश २०५८ खारेज गरेको छ ।

सरकारले विश्व बैकबाट उपलब्ध हुने १३ अर्व ३३ करोड रुपैया बरावरको सुहुलियतपूर्ण ऋण स्विकार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.