कक्षा १० अध्ययनरत विद्यार्थीले बनाए विद्युतीय गाडी

धादिङ- उत्तरी धादिङस्थित त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा पर्ने रानीपौवा माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत दुई विद्यार्थीले विद्युतीय गाडी निर्माण गरेका छन् ।

सो विद्यालयका कक्षा १० मा अध्यानतरत् विद्यार्थी सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । उनिहरुले आफ्ना विज्ञान पढाउने शिक्षकको सहायतामा चार पाङ्ग्रे विद्युतीय गाडी निर्माण गरेर प्रर्दशन गरेका हुन् ।

विद्यार्थीहरुले बनाएका गाडी एक कार्यक्रमको आयोजना गरी प्रर्दशनी गरिएको छ । सो गाडीमा चालकसहित तीन जना अट्ने क्षमता रहेको छ । गाडीमा दुईवटा १२ भोल्टको ब्याट्री प्रयोग गरिएको छ भने दुई क्विन्टलसम्म सामान बोक्ने क्षमता रहेको उनिहरुले बताएका छन् ।

ब्याट्री जति बढाउन सक्यो, उति बढी भार वहन गर्न सक्ने गाडी निर्माणमा सहभागी विद्यार्थीहरुको भनाई छ । पहिलेदेखि नै जिज्ञासु स्वभावका सौरभ र सुशीलले गाडी निर्माण गरेपछि विद्यालयका शिक्षक, अभिभावक सबै दंग छन् ।

गाडी निर्माणका लागि गाडीका खेर गएका पुराना सरसामान र पार्टपुर्जा प्रयोग भएको छ भने केही स्थानीय सामग्रीको प्रयोग गरिएको छ । अहिलेको अवस्थामा भने गाडीले पाँच किलोमिटरको यात्रा तय गर्न सक्ने बताइएको छ ।

यसरी विद्यार्थीहरुले गाडि निर्माण गर्न सुरुगरेसँगै त्यसका लागी चाहिने आवाश्यक सामग्री खरिदमा स्थानीय तहले पनि केही आर्थिक सहयोग गरेको छ ।

यसो त विज्ञान प्रविधिको क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन स्थानीय तहले थप प्रोत्साहनको नीति लिईने जानकारी समेत गाउँपालिकाले दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.