गुल्मीमा माटाको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक जना घाइते

गुल्मी- गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१४ निवासी ५५ वर्षकी बिष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । माटोको ढिस्कोले ५४ वर्षकी हुमकला राना घाइते हुनुभएको छ ।

शनिबार दिउँसो पराल्मीस्थित चौराहामा घर लिप्नका लागि ६ जना गएका थिए । त्यसमध्ये बिष्णु र हुमकलाले अचानक माथी बाट माटोको ढिस्को खस्न जाँदा पुरिएका थिए ।

ढिस्कोले पुरिएर घाइते भएका २ जनाको उपचारको लागि गुल्मी अस्पताल ल्याइएको थियो । घाइते मध्ये बिष्णु रानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्की घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा टोली खटि खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.