जसपा नेपाल फुट्यो, अशोक राईको नेतृत्वमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि ७ जना सांसदहरू सहित नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिनु भएको छ ।

दल दर्ताको लागि निवेदन दर्ता भइ प्रक्रिया अघि बढेको र नयाँ पार्टीको नाम जसपाबाट नेपाल हटाई जनता समाजबादी पार्टी मात्र राखिएको निर्वाचन आयोगबाट सहकर्मी कालिका शिवाकोटीले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालमा विभाजन आएको छ। उपप्रधान एवम् स्वास्थ्य मन्त्री यादव स्वास्थ्य सम्वन्धि कार्यक्रमका लागि अमेरीका पुग्नु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.