गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विवादमा तानिएको छ । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० सांसद समर्थन गरिएका थिए । विपक्षमा २७ मत र मत दिन्न भन्नेमा २ मत परेको थियो ।   सभामुख कृष्ण धितालले ३० मत प्रदेश सभाको बहुमत भएको भन्दै मुख्यमन्त्रीलाई सदनबाट विश्वासको मत पाएको घोषणा गर्नु भएको थियो ।

सभामुख धितालले बहुमत पुगेको घोषणा गरेपछि कांग्रेस ६० सदस्य प्रदेश सभामा ३० लाई बहुमत मान्न नसकिने भन्दै सभामुखको उक्त कदम संविधान विपरित रहेको भन्दै विरोध गरेका हुन  । काँग्रेसको उक्त विरोध सँगै मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानिएको छ ।

बहुमतका लागि ३१ सांसद आवश्यक पर्ने भए पनि ३० जनाकै भरमा बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेसका सांसदले बैठकमै नाराबाजी गरेका थिए ।

सभामुखले असंवैधानिक कदम चालेको भन्दै त्यस विरुद्ध कानुनी उपचारमा जाने समेत काँग्रेस सांसदहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.