निवेदनको आधारमा दल विभाजन हुँदैन : जसपा नेपाल

काठमाडौँ जनता समाजवादी पार्टी (जसपा) नेपालले अवैधानिक निवेदनको आधारमा दल विभाजन हुन नसक्ने दावी गरेको छ ।

जसपाका प्रवक्ता मनिष कुमार सुमनले आज एक विज्ञप्ति जारी गर्दै संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्ध रहेको अवस्थामा निवेदनका आधारमा  पार्टी विभाजन हुन नसक्ने स्पष्ट पार्नु भएको हो ।

”केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न अनुरोध छ” विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा आइतबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएको थियो । निर्वाचन आयोगले उक्त निवेदन उपर कारवाही गर्दै  नयाँ दल दर्ताको प्रमाण पत्र दिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.