एक निजी विद्यालयको भ्यानमा आगलागी

जनकपुरधाम- जनकपुरधाममा एक निजी विद्यालयको भ्यानमा आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं २१, कुर्थामा शिवशारदा स्कुलको ज १ च १८५३ नम्बरको भ्यानमा आज आगलागी भएको हो ।

आगलागीबाट भ्यान जलेर खरानी भएको र मानवीय क्षति नभएको बताइएको छ । जनकपुरधाम उपमहानगरको वारुणयन्त्र तथा स्थानीयवासीको सहयोगमा जिल्लाबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भ्यानमा आगो कसरी लाग्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.