खरबारीमा आगो लगाउने दुईजना पक्राउ

ओखलढुंगा- जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले खरबारीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ गरेको छ । सोमबार साँझ सिद्धिचरण नगरपालिका ११ को नगरपार्क एरियाको निजी खरबारीमा आगो लगाई क्षति पुर्‍याएको आरोपमा स्थानीय २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई प्रहरीले पक्राउ गरेको हो ।

खरबारी धनी मिनुमाया गुरुङले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

आगो सोमबार साँझ ८ बजेको समयमा प्रहरी र स्थानीयहरुको संयुक्त प्रयासमा सिद्धिचरण नगरपालिकाको दमकल समेत प्रयोग गरी नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.