पाल्पामा ट्रकसहित ४३ वटा गोरु नियन्त्रणमा

पाल्पा- पूर्वी पाल्पाको रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाल्पा मातहत खटिएको प्रहरी टोलीले ४३ वटा गोरु नियन्त्रणमा लिएको हो । जिल्लाको रामपुर नगरपालिका–२ भलायटारस्थित सडकमा दुई वटा ट्रकबाट ४३ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा ना ६ ख ५८० नम्बरको ट्रकमा २२ वटा र ना ६ ख ४७५८ नम्बरको ट्रकमा २१ वटा गोरु नियन्त्रणमा लिई थप अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

चेकजाँचको क्रममा विना कागजात अवैध रुपमा ओसारपसार गरेको भेटिएको प्रहरीले जनाएको छ । कारवाहीको लागि नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.