तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

संखुवासभा- विमानस्थल वरपरको डाँडामा थुप्रिएको तुवालो हटेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा दुई साता पछि बुधबार उडान भएको छ ।

बैशाख १० गतेदेखि तुम्लिङटारको भिजिविलिटी एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो । विमानस्थलमा उडानका लागि कम्तिमा ५ किलोमिटर वरपरको डाँडा देखिनु पर्छ ।

विमानस्थल खुलेपछि बुद्ध एयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसँगै तुम्लिङटार सडक यातायातबाट जान नसकेका बृद्धबृद्धा र विरामीलाई फाईदा पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.