कोशी प्रदेश सरकार गठनको तयारी, आजै शपथ हुने

विराटनगर- कोशी प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गर्नुभएको छ ।

एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ जना प्रदेश सांसदहरुको हस्ताक्षर सहितको पत्र प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाईएको छ ।

प्रदेश प्रमुख खापुङले बुधवार बैशाख २८ गते अपरान्ह ५ बजे सम्म संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश सरकार नेतृत्वका लागि दाबी पेश गर्न आव्हान गर्नु भएको थियो ।

दाबी पेश भएसँगै प्रदेश प्रमुखको कार्यालयले प्रदेश सांसदहरुको सनाखत शुरु गरेको छ । आजै मुख्यमन्त्री नियुक्ति गरी शपथ ग्रहण गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.