सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिनुभयो शपथ

कैलाली- १५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ–१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । आज सभामुख भीमबहादुर भण्डारीले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुनुभएको थियो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित हुनु भएको थियो । सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभएको थियो ।

२०७९ को निर्वाचनमा बझाङ–१ को (क) क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो । तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.