मुख्यमन्त्री कार्कीको सपथ, २ जना मन्त्री नियुक्त

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

त्यसैगरी आजै मन्त्रिपरिषद् समेत गठन गरिएको छ ।

मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशस्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीहरूले समेत नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुख खापुङ समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.