अक्षय तृतीया मेला भर्न डोलेश्वरमा बिहानैदेखि भीड

भक्तपुर- सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीका भीड लागेको छ । आज अक्षय तृतीया भएकाले अन्य दिनको तुलनामा दर्शनार्थी बढेका हुन् ।

आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुला गरी दर्शनार्थीलाई मन्दिरको गर्भगृहमै प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव हरिशशरण बस्नेतले जानकारी दिनुभयो ।

डोलेश्वर महादेव मन्दिरमा अन्य दिनमा बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृतीया गरी वर्षमा तीन दिन भने मन्दिरभित्रै प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था गरिएको सचिव बस्नेतले बताउनुभयो । मेला व्यवस्थापन गर्न प्रहरीसहित स्वयंसेवक परिचालन भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.