प्रतिनिधि सभा बैठकमा काँग्रेसको अवरोध ,१५ मिनेटका लागि बैठक स्थगित

काठमाडौँ- प्रुखम प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको  छ। सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म सदनका काम कारवाही अगाडी बढन नदिने बताउँदै आएको काँग्रेसले बजेट अधिवेशनको पहिलो बैठक नै अवरोध गरेको हो ।

बैठकको सुरुमै बोल्दै काँग्रेस महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा छानविन समिति गठन नभएसम्म सदनका कामकारवाही अघि बढन् नदिने बताएसँगै काँग्रेस नेताहरुले उठेर विरोध गर्नु भएको थियो ।

काँग्रेसका सांसदहरुको नारावाजी सुरु गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको सभामुखले घोषणा गर्नु भयो । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि काँग्रेसले अघिल्लो अधिवेशन देखि नै सहकारी ठगीमा संसदीय समिति गठनको माग गर्दै आएको छ । सत्त पक्ष भने समिति गठनको लागि तयार छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.