प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौँ – प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । १५ मिनेट स्थगित भइ दोस्रो पटक बसेको बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे ।

सरकारले जेठ १ गते सदनमा आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै काँग्रेसले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.